युक्रेनमा गरिएको आक्रमण सुरुवात मात्र हो – दिमित्री मेदभेदेव
काठमाडौं । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले युक्रेनमा ठूलो हवाई हमलाको बीचमा थप आक्रमणको चेतावनी दिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी दिमित्री मेदभेदेवले सामाजिक सञ्जालमा लेख्दै आक्रमणको वृद्धि रुसी पक्षमा युद्धको वृद्धिको सुरुवात हुनसक्ने संकेत दिएका छन्।
उनले युक्रेन रुसका लागि स्पष्ट देखिने खतरा हुने लेखेका छन् । उनले भविष्यमा गर्ने काम युक्रेनमा राजनीतिक शासनको पूर्ण अन्त्य गर्ने उद्देश्यले हुने बताए।
बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्ग भन्छन्, यस्तो कथनले संकेत गर्दछ कि यदि यो वास्तवमै रुसको दृष्टिकोण हो भने, रसियाले सम्पूर्ण युक्रेनलाई रुसको प्रभाव क्षेत्रमा नआएसम्म युद्ध जारी राख्न सक्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment