जसपाका मन्त्री हटाउने विषयमा गठबन्धनमा छलफल हुने
काठमाडौं। पाँच दलीय गठबन्धन छोडेर प्रमुख प्रतिपक्ष एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी मन्त्रीलाई हटाउने विषयमा सत्ता गठबन्धनमा छलफल हुने भएको छ।
आज दिउँसो दुई बजे बस्ने सत्ता गठबन्धनको बैठकमा जसपामा मन्त्रीलाई हटाउने विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
‘अहिले नै सरकारबाट हटाउने निर्णय भइसकेको छैन,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘अहिले दुई बजे सत्ता गठबन्धनको बैठक बस्दैछ, त्यो बैठकमा जसपाका मन्त्रीलाई हटाउने भन्ने विषय प्रवेश हुन सक्छ।’
आफ्नो सरकारमा सहभागी भएर प्रतिपक्ष दलसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री देउवा जसपा अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट बनेका छन्। जसपाले सत्ता गठबन्धनले आफूलाई यथोचित सिट नदिएको भन्दै एमालेसँग चुनावी तालमेल गरेको छ।
वर्तमान सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन्।







डिसी नेपाल








Facebook Comment