बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग
लन्डन। बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ। ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीकार गरेकी छिन्।
उनीमाथि उत्तरपश्चिम इंगल्यान्डको चेस्टरको काउन्टेस अफ चेस्टर अस्पतालमा हत्या गरेको आरोप छ। उक्त अस्पतालमा उनले काम गरेकी थिइन्।
सन् २०१५ को मध्यदेखि १२ महिनामा दुई बालबालिकालाई इन्सुलिनको विष सेवन गराएको एउटा समीक्षामा देखाइएको छ। ‘केवल व्यावहारिक निष्कर्ष कोर्न सकिन्छ कि यो जानाजानी गरिएको थियो’ उक्त मुद्दासँग सम्बन्धित वकिल निक जोनसनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment