जर्मनीको दूतावासमा मिसाइल प्रहार
काठमाडौं । युक्रेनको राजधानी कीभमा रहेको जर्मन वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल प्रहार भएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मनीको विदेश मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
यस हमलामा कति जनधनको क्षति भयो भन्ने अझै स्पष्ट भइसकेको छैन । आज बिहानैदेखि रुसी क्षेप्यास्त्रले युक्रेनको राजधानी किभका विभिन्न क्षेत्रलाई निशाना बनाएका छन् ।
युक्रेनी वायुसेनाका अनुसार रुसले बिहानैदेखि ८३ वटा मिसाइल प्रहार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि हवाई आक्रमणको पुष्टि गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment