गोवा नजिक भारतीय नौसेनाको लडाकु विमान दुर्घटना
काठमाडौं । भारतीय नौसेनाको लडाकु विमान मिग-२९ के नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटना हुँदा पाइलट विमानबाट सकुशल बाहिर निस्केका थिए । समुद्रमा खसेको विमानका पाइलटलाई उद्धार कार्यका क्रममा सकुशल उद्धार गरिएको जलसेनाले जनाएको छ ।
यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ । नौसेनाले बोर्ड अफ इन्क्वायरीलाई आदेश दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment