न्युजिल्यान्डको समुद्री रिपोर्टः ७५% माछामा माइक्रोप्लास्टिक्स, ९०% समुद्री पंक्षी लोप हुने खतरा

डिसी नेपाल
२७ असोज २०७९ १३:२६
52
Shares

वेलिङटन। न्युजिल्यान्डको हालैको एक सरकारी प्रतिवेदनले प्रत्येक चार माछामा तीन वटामा माइक्रोप्लास्टिकको ठूलो अंश रहेको र ठूलो संख्यामा देशी प्रजाति र स्वदेशी चराहरू लोप हुने जोखिममा रहेको खुलासा गरेको छ।

वातावरण मन्त्रालयले खतरामा परेका प्रजातिको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार करिब ९० प्रतिशत आदिवासी समुद्री पंक्षी, ८२ प्रतिशत समुद्री किनारका स्वदेशी पंक्षी र २२ प्रतिशत समुद्री स्तनधारी प्रजाति लोपोन्मुख वा लोप हुने खतरामा परेका छन्।

गत वर्ष १४ सय समुद्री चराहरूलाई ठूला माछाहरूले मारिदिएका थिए भने सागर्र अझै अम्लिय बन्दै गएको थियो । सागरको अम्लियपन २२ वर्षमा ८ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो। पानीको ताक्रम बढेसँगै समुद्री तापलहर बढी घातक बनेको थियो । कन्भर्सेसन ग्रुप फरेस्ट एन्ड क्राइसिसले प्रतिवेदनलाई ‘संकट’ भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *