कोभिडका कारण चरम गरिबीमा धकेलिएका ७ करोड जनसंख्यामध्ये साढे ५ करोड भारतीय

डिसी नेपाल
२७ असोज २०७९ १५:१३
48
Shares

नयाँ दिल्ली। कोभिड–१९ ले विश्वव्यापी रूपमा झन्डै ७ करोड १० लाख मानिसलाई चरम गरिबीमा धकेलेको विश्व बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ‘गरिबी र साझा समृद्धि २०२२’ शीर्षकको प्रतिवेदनले विश्वव्यापी चरम गरिबी दर सन् २०१९ मा ८.४ प्रतिशतबाट बढेर २०२० मा ९.३ प्रतिशत पुगेको जनाएको छ।

सन् २०२० को अन्त्यसम्ममा ७० करोडभन्दा बढी मानिस गरिब भएको प्रतिवेदनले जनाएको छ। भारतजस्ता धेरै जनसंख्या भएका देशहरूले सबैभन्दा बढी पीडा भोगेका जनाइएको छ । चरम गरिबीमा परेका अनुमानित ७ करोड १० लाख मानिसमध्ये ५ करोड ६० लाख भारतको रहेका छन्।

भारत सरकारले सन् २०११ देखि गरिबीसम्बन्धी आधिकारिक तथ्यांक सार्वजनिक नगरेकोले अध्ययनका लागि सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी नामक निजी डाटा कम्पनीद्वारा गरिएको कन्ज्युमर पिरामिड्स हाउसहोल्ड सर्भे (सीपीएचएस) को तथ्यांक प्रयोग गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *