उड्नेबित्तिकै विमानको पाङ्ग्रा उछिट्टियो !
काठमाडौं । विमान उड्नेबित्तिकै दुर्घटनाको शिकार बन्न लागेको थियो । उसको एउटा पाङ्ग्राबाट धुवाँ निस्कन थाल्यो र पाङ्ग्रा बाहिर निस्केर धावनमार्ग नजिकै खस्यो । यो पाङग्राको तौल १०० किलो रहेको बताइएको छ । त्यो ह्वील बिना नै विमानले हजारौं किलोमिटर टाढाको अर्को देशको विमानस्थलमा सफल अवतरण गर्नु भनेको राहतको कुरा हो ।
यो घटना अक्टोबर ११ को हो । बोइङ ७४७ ड्रिमलिफ्टर कार्गो विमान दुर्घटनाको शिकार भएको हो । विमान इटालीको टारान्टो विमानस्थलबाट अमेरिकाको चार्ल्सटन विमानस्थलका लागि उडेको थियो । यसै क्रममा विमानबाट एउटा पाङ्ग्रा निस्केर तल खसेको थियो ।
यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भएको छ, जुन भाइरल भइरहेको छ । घटनाबारे सिम्पल फ्लाइङसँगको कुराकानीमा बोइङले विमानले अमेरिकामा सुरक्षित अवतरण गरेको बताएको छ ।
747 Dreamlifter operated by Atlas Air loses a main gear wheel on departure from Taranto-Grottaglie Airport in Italy. The aircraft is still in the air enroute to Charleston Airport in the U.S. https://t.co/0xugG9gbh5
? The Gazzetta Mezzogiorno pic.twitter.com/LqoL8GfU2f
— Breaking Aviation News & Videos (@aviationbrk) October 11, 2022
इटालीको टारान्टो-ग्रोटागली विमानस्थलबाट उडान भर्ने क्रममा ल्यान्डिङ गियरको एउटा पाङ्ग्रा गुमाएपछि ड्रिमलिफ्टर कार्गो विमानले चार्ल्सटन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ । उक्त विमान एटलस एयरले सञ्चालन गरिरहेको थियो ।
ड्रीमलिफ्टर विमानमा १८ पाङ्ग्रा हुन्छन्। भिडियोमा उडेको केही समयपछि ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको देखिन्छ । यसपछि विमानको चक्का बाहिर निस्कन्छ र धुवाँको मुस्लोको बीचमा धावनमार्गमा खस्छ । इटालियन अखबार कोरीरे डेला सेराका अनुसार विमानको चक्का पछि धावनमार्गको छेउमा रहेको अंगुरको खेतमा भेटिएको थियो।
इटालियन पत्रिकाका अनुसार बोइङ ७८७ विमानको संरचना ड्रिमलिफ्टर विमानबाट इटालीबाट अमेरिका लैजान लागिएको थियो । ड्रीमलाइनर विमानको केन्द्रको संरचना इटालियन फिनमेकानिका कम्पनी एलेनिया एरमाचीले निर्माण गरेको हो।







डिसी नेपाल







Facebook Comment