” नायक तथा गायक शंकर लामिछाने अभिनीत हिन्दी गीत ‘हर लम्हा’ को म्यूजिक भिडियो सार्बजनिक” हेर्नुहोस् भिडियो
झापा । नायक तथा गायक शंकर लामिछाने अभिनीत हिन्दी गीत ‘हर लम्हा’ को म्यूजिक भिडियो शंकर लामिछाने युटुब च्यानल मार्फत,मंगलबार सार्वजनिक भएको हो ।
नया बर्ष २०१९ को अवसर पारेर लामो समय नेपाली गीत संगीत तथा चलचित्रमा निरन्तर संघर्ष गरी रहेका गायक,नायक शंकर लामिछानेको हिन्दी गीत ‘हर लम्हा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
स्वयं लामिछानेको शब्द ,संगीत रहेको उक्त गीतमा भारतका पाशर्व गायक निलेश सिंह र सहेवाको आवाजमा रहेको ‘हर लम्हा’ गीतमा गायक तथा नायक शंकर लामिछाने र नेपाली चर्चित नायिका मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ।
कुस्माज़ इंटरटेनमेंटको प्रस्तुति रहेको उक्त भिडियोलाई नेत्र गुरुङ्ग ले निर्देशन,मिलन शंकरको छायांकन र सम्पादन नेत्र गुरुङ्गले गरेका छन। हेर्नुहोस् भिडियो
No ads found for this position


डिसी नेपाल
Facebook Comment