चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ अधिवेशनः तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ

डिसी नेपाल
३१ असोज २०७९ ७:२६
36
Shares

बेइजिङ। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ।

६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ। सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो।

हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन्। महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन्। त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन्। उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ।

सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बीबीसीले जनाएको छ। आइतबारदेखि जारी महाअधिवेशनमा करिब २३ सय प्रतिनिधिमण्डल ताइनामेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा एक सातासम्मका लागि भेला भएका छन्।

उनीहरूमध्ये २०५ जनालाई पार्टीको स्थायी समितिमा छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन्। केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछन्।

पोलिटब्युुरोले स्थायी समितिका सदस्य नियुक्त गर्नेछ। स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सातजना सदस्य छन्। उनीहरू सबै पुरुष हुन्। सबै कार्य पार्टी अधिवेशनमा हुँदैन।

महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ। तेस्रो पाँचवर्षे कार्यकालको नेतृत्व लिएमा सीले चीनलाई अझै बढी अधिनाकबादी शासन लाद्ने सम्भावना छ।

लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (एसओएसएस)का प्राध्यापक स्टिभ साङ भन्छन्, ‘माओको नेतृत्वमा चीन एउटा अधिनाकबादी शासन थियो। हामीहरू अझै पनि त्यहाँ छैनौँ, तर त्यो दिशातर्फ उन्मुख छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *