साउदी अरेबियासँगको सम्बन्धमा पुनर्विचार गर्ने अमेरिकाको घोषणा

डिसी नेपाल
३१ असोज २०७९ १०:३६
40
Shares

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साउदी अरेबियासँगको सम्बन्धको पुन: मूल्याङ्कन गर्ने घोषणा गरेका छन्।

ओपेकले कच्चा तेलको उत्पादन कटौती नगर्ने अमेरिकी अपिललाई अस्वीकार गरेपछि उनको यो बयान आएको हो ।

समाचार एजेन्सी रोयटर्सले जेक सुलिवानलाई उद्धृत गर्दै भनेको छ कि राष्ट्रपति जो बाइडेनले यसका लागि “व्यवस्थित रूपमा” काम गर्नेछन् र उनका विकल्पहरूमा अमेरिकाबाट साउदी अरबलाई सुरक्षा सहायता परिवर्तन गर्ने समावेश छ।

उनले अर्को महिना इन्डोनेसियामा हुने जी-२० शिखर सम्मेलनमा राष्ट्रपति बाइडेनले साउदी अरबका युवराज र प्रधानमन्त्री मोहम्मद बिन सलमानलाई भेट्ने कुनै योजना नभएको बताए।

अमेरिकी अपीललाई बेवास्ता गर्दै ओपेकले यस महिनाको सुरुमा प्रतिदिन २० लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो।

त्यसपछि आइतबार, ओपेक प्रमुख हैथम अल घैसीले तेल बजार ठूलो अस्थिरताको अवधिबाट गुज्रिरहेको र बजारलाई स्थिर राख्ने उद्देश्यले यो निर्णय भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *