युक्रेनको राजधानी किभमा धेरै विष्फोट, ड्रोनको प्रयोग गरियो

डिसी नेपाल
३१ असोज २०७९ ११:५७
152
Shares

काठमाडौं । युक्रेनको राजधानी किभमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । किभका मेयर भिटाली क्लित्सकोले विष्फोटले सेन्ट्रल शेभचेन्किभ्स्कीमा रहेको आवासीय भवनमा क्षति पुगेको बताए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले कामिकाजे ड्रोनबाट विष्फोट गराएको दाबी गरेको छ ।

गत साता पनि रुसले युक्रेनको धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो जसमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो ।

कीभमा बीबीसी संवाददाता पाउल एडम्सका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजे विस्फोट भएको हो ।

सोशल मिडिया साइट टेलिग्राममा विस्फोटको विवरण दिँदै, क्लिट्स्कोले भने कि विस्फोटहरू शेभचेन्किभ्स्की जिल्लामा भएको थियो, जुन गत हप्ता पनि लक्षित थियो।

उद्धारकर्मी घटनास्थल पुगिसकेको उनले बताए । उनले हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता क्रिमियन पुलमा भएको आक्रमणको लागि युक्रेनको विशेष सेवा जिम्मेवार रहेको बताएका थिए । क्रिमियामा गएर पुलमा क्षति पुर्याएपछि बदला लिइएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *