किभमा ड्रोनमार्फत रुसी हमला

डिसी नेपाल
३१ असोज २०७९ १२:४३
164
Shares

किभ। युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले बताएका छन्। राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ। विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन्।

स्थानीय समयअनुसार सोमबार बिहान साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए। विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए। एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए।

क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *