चिनियाँ दूतावास नजिक प्रदर्शनमा उत्रिएका हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

डिसी नेपाल
३१ असोज २०७९ १५:१०
84
Shares

लन्डन। हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट गरेपछि बेलायती कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन्।

हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो।

सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको घटनाको भिडियोमा वाणिज्य दूतावास बाहिर फुटपाथमा टकराव भड्किएको देख्न तथा ठूलो स्वरमा चिच्याएको सुनिन्छ। भिडियोमा हङकङका एक प्रदर्शनकारीलाई वाणिज्य दूतावासको गेटबाट तानेर पुरुषहरूको समूहले कुटेको समेत देख्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *