भारतका लागि चिनियाँ राजदूत किन भुटान पुगे ?
काठमाडौं । भारतका लागि चिनियाँ राजदूत सुन वेइडोङ हालै भुटानको तीनदिने भ्रमणमा आएका छन् । चीन र भुटानबीच औपचारिक कूटनीतिक सम्बन्ध नभएको अर्थमा वेइडोङको यो भ्रमण विशेष हो।
भारतस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै वेइडोङले भुटानी शीर्ष नेताहरूलाई भेटेर दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिएको बताएको छ।
अक्टोबर १० देखि अक्टोबर १३ सम्मको यस भ्रमणमा वेइडोङले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक, प्रधानमन्त्री छिरिङ, विदेशमन्त्री टन्डी दोर्जीलगायत धेरै नेताहरूसँग भेटघाट गरेका थिए। भेटका क्रममा वेइडोङले भुटानसँगको सीमा विवाद वार्ताबाट समाधान गर्न र व्यापारलगायत द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चीन चाहेको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment