रुसले युक्रेनको राजधानी किभमा कामिकाजे ड्रोन आक्रमण गरेको भेटियो

डिसी नेपाल
३१ असोज २०७९ १६:०५
44
Shares

काठमाडौं । युक्रेनको राजधानी किभमा कम्तिमा चारवटा विष्फोट भएका छन् । भोलोडिधीमिर जेलेन्स्कीका सल्लाहकारका अनुसार रुसले कामिकाजे ड्रोनमार्फत यी आक्रमणहरू गरेको हो।

राष्ट्रपतिका हेड अफ स्टाफ एन्ड्रे यर्माकले आक्रमणले रुसको हताशता देखाएको बताए। माइकोलाइभ सहरका मेयरले सूर्यमुखी तेलको ट्याङ्कीमा यस्तै ड्रोनले आगो लगाइएको बताएका छन्।

एक साताअघि रुसले राजधानी किभसहित युक्रेनको धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो । जसमा १९ जनाको मृत्यु भएको थियो ।

युक्रेनी वायुसेनाका एक अधिकारीले यी कामिकाजे ड्रोनहरू इरानमा निर्मित भएको विश्वास गर्छन्। उनीहरू दक्षिणबाट युक्रेन प्रवेश गरेका थिए ।

ओलेक्सान्डर सान्केभिचले किभमा आक्रमण हुनुअघि आइतवार साँझ युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह माइकोलाइभमा तीनवटा ड्रोनले तेल ट्याङ्कीमा आगो लगाएको बताए।

यसपछि सोमबार बिहान कीभमा यस्तै ड्रोन हमला गरिएको थियो । राष्ट्रपति जेलेन्स्कीले युक्रेनीहरूलाई डराउन रुसले जनसंख्या भएका सहरहरूमा आक्रमण गरिरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *