आज सार्वजनिक विदा
काठमाडाैं। सरकारले आज सार्वजनिक बिदा दिएको छ। संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिए।
संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment