सिडिओहरूलाई गृहसचिव सिंहको निर्देशन, आचारसंहिता कडाइका साथ पालना गराउनू

डिसी नेपाल
१ कार्तिक २०७९ ७:५९
36
Shares

काठमाडौं। गृहसचिव विनोद सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न भनेका हुन्। आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहन्छ।

सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताए। निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *