बाढीपीडितलाई अमेरिकाद्वारा ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

डिसी नेपाल
१४ भदौ २०८३ ७:०२

वाशिङ्टन डिसी। अमेरिकी सरकारले नेपालका बाढीपीडितहरूका लागि ३६ लाख अमेरिकी डलर (करिब ४८ करोड रुपैयाँ) भन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्को यस कठिन घडीमा नेपाली जनताको साथमा रहँदै जीवनरक्षक सहायता रकम थप गरिएको जनाएको हो।

विज्ञप्तिअनुसार यो सहायता रकमबाट अति प्रभावित १० हजार बाढीपीडितहरूलाई तीन महिनासम्म पुग्ने खाद्य सामग्री उपलब्ध गराइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *