कात्तिक ३ बाट गोदावरीमा फूल प्रदर्शनी
काठमाडौं। गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी ३ देखि ६ कात्तिकमा जावलाखेलमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो।
मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो।
तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी हुने उनले बताए । प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी ५५ वटा प्रदर्शनी कक्ष रहने छन्।
हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरू खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसनको आकडा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment