व्यवसाय दर्ता गरेर मात्र व्यापार सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ। व्यवसाय दर्ता गरेर मात्र व्यापार सञ्चालन गर्न काठमाडौँ महानगरले निर्देशन दिएको छ। काठमाडौँ महानगरले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको हो।
महानगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायलाई ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा दर्ता हुन पनि महानगरले आग्रह गरेको छ। महानगर क्षेत्रभित्र दर्ता नै नगरी व्यापार–व्यवसाय सञ्चालन गरेको पाइएकोले दर्ता हुन महानगरले सूचित गरेको हो।
दर्ता नगरी व्यापार–व्यवसाय गरेको पाइमा राजस्व ऐन, २०७५ बमोजिम जरिवाना गरिने पनि महानगरले चेतावनी दिएको छ। यसका साथै महानगरले आर्थिक वर्ष २०७२–७३ लाई आधार वर्षका रुपमा लिई व्यवसाय कर असुल गरिने पनि स्पष्ट पारेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment