रातारात संसारभरबाट प्रशंशा बटुलेकी इरानी खेलाडी अचानक ‘बेपत्ता’ !

डिसी नेपाल
१ कार्तिक २०७९ ११:००
104
Shares

काठमाडौं । हिजाब नलगाई एसियाली पर्वतारोहण प्रतियोगितामा भाग लिएकी इरानकी महिला एथलीट एलनाज रेकाबी बेपत्ता भएकी छन् । बीबीसी पर्शियनलाई प्राप्त जानकारी अनुसार एलनाज हिजो रातिदेखि आफ्ना साथीहरूसँग सम्पर्क गर्न सकेकी छैनन्।

एलनाज एसियाली पर्वतारोहण प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन् । प्रतियोगिता अक्टोबर १६ मा भएको थियो ।

एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन्। खेलकुद प्रतियोगिताहरूमा पनि इरानी महिलाहरूले हिजाब लगाउनु अनिवार्य छ। तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गरिरहेका छन्।

बीबीसी फारसीले इरानको टोली बसेको सियोलको होटलमा पनि सम्पर्क गर्‍यो तर टोलीका सबै सदस्य सोमबार बिहानै होटलबाट निस्किएको बताइएको छ।

रेकाबीको राहदानी र मोबाइल फोन जफत गरिएको स्रोतले बीबीसीलाई बताएको छ । योजना अनुसार इरानको टोली बुधबार स्वदेश फर्किने छ ।

इरानले यो समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतियोगितामा एलनाज रेकाबी चौथो भएकी थिइन् । तर, उनी हिजाब नलगाइ प्रतियोगितामा प्रवेश गरेकी थिइन्, जसका तस्विरहरु सामाजिक सञ्जालमा निकै शेयर भएका थिए ।

एक विश्वसनीय स्रोतले बीबीसी फारसीलाई रेकाबी टोलीका अन्य सदस्यहरूसँग इरान प्रस्थान गरेको हुनसक्ने बताएको छ।

बीबीसी फारसीले एलनाज रेकाबीको बारेमा थप जानकारी सङ्कलन गर्ने प्रयास गर्यो। तर, इरानी अधिकारीहरूले रेकाबी बिना हिजाब प्रतियोगितामा भाग लिएको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *