अस्ट्रेलियाले इजरायललाई ठूलो झट्का दियो, ४ वर्ष पुरानो फैसला उल्ट्यायो
क्यानबेरा । अस्ट्रेलियाले पश्चिम जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने चार वर्ष पुरानो निर्णयलाई उल्ट्याएको छ। अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सन् २०१८ मा अष्ट्रेलियाको निर्णयले विश्व शान्तिलाई बेवास्ता गरेको र अष्ट्रेलियालाई अन्य देशहरूबाट अलग्याएको बताए।
उनले इजरायलसँग अष्ट्रेलियाको मैत्रीपूर्ण सम्बन्ध कायमै रहने तर दूतावास तेल अभिभमा रहने बताए । जेरुसेलमलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद चलिरहेको छ ।
इजरायलको विदेश मन्त्रालयले अष्ट्रेलियाको कदमप्रति ‘घोर निराशा’ व्यक्त गरेको छ। इजरायलले यस विषयमा अष्ट्रेलियाका राजदूतलाई बोलाएर चिन्ता व्यक्त गर्ने इजरायली मिडियाले जनाएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१७ मा अमेरिकाको विदेश नीति विपरीत जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने घोषणा गर्दा आलोचनाको सामना गर्नु परेको थियो।
यसपछि मे २०१८ मा अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सारिएको थियो ।
त्यसको केही महिनापछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि अमेरिकाको बाटो पछ्याउने घोषणा गरे तर अहिलेका लागि दूतावास तेल अभिभबाट जेरुसेलम सार्न नहुने बताए ।







डिसी नेपाल







Facebook Comment