यहाँ आएपछि फर्केर जान्नन् भन्दै स्पेनले २१ भारतीय खेलाडीलाई भिसा दिएन
काठमाडौं । भारतस्थित स्पेनी दूतावासले २१ भारतीय कुस्ती खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ । यी सबै पहलवान पोन्टेभेद्रामा आयोजना हुने अन्डर-२३ विश्व कुस्ती च्याम्पियनसिपमा सहभागी हुने थिए ।
दूतावासले भिसाको म्याद पूरा भइसकेपछि पनि खेलाडीहरूले देश नछाड्ने आशङ्काका कारण यी भिसा आवेदनहरू खारेज गरेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कुस्ती महासंघ (डब्लुएफआई) ले सोमबारदेखि सुरु हुने च्याम्पियनसिपका लागि ३० सदस्यीय टोली छनोट गरेको थियो तर नौ खेलाडीलाई मात्रै भिसा दिइयो ।
च्याम्पियनसिपमा जान नपाउने भारतीय पहलवानहरूमा यू-२० महिला विश्व च्याम्पियन अन्तिम पङ्घल पनि छिन् ।
डब्लुएफआईका सहायक सचिव विनोद तोमरले पीटीआईलाई भने, “हामीले यसअघि कहिल्यै यस्तो अवस्थाको सामना गरेका थिएनौं। भारत सरकारको स्वीकृति पत्र र विश्व कुस्तीको परिचालक निकाय युडब्लुडब्लु को निमन्त्रणा पत्र देखाउँदा पनि हाम्रा पहलवानहरूलाई साना कारणहरू देखाएर भिसा दिइएन।”
उनले भने, “जब हामीले सक्दो चाँडो राहदानी फिर्ता गर्न भन्यौं, हामीले आज साँझ अस्वीकृति पत्र पायौं। यो साँच्चै अनौठो छ। अधिकारीहरूले कसरी भारतीय पहलवान र कोच भारत फर्किने छैनन् भन्ने निष्कर्षमा पुगे यो मेरो बुझाइभन्दा बाहिर छ।”
डब्ल्यूएफआईले आफ्ना नौ प्रशिक्षकका लागि भिसाको लागि आवेदन पनि दिएको थियो तर ६ जनाले मात्रै भिसा पाएका थिए ।
१० फ्रिस्टाइल रेस्लरमध्ये अमन (५७ केजी)ले मात्र भिसा पाएका छन् भने अन्य ९ जनाको आवेदन खारेज भएको छ । चाखलाग्दो कुरा के छ भने तीन फ्रिस्टाइल प्रशिक्षकलाई भिसा दिइएको थियो ।
६ ग्रीको-रोमन पहलवान र महिलामध्ये अंकुश (५० केजी) र मानसी (५९ केजी) लाई मात्र भिसा दिइएको थियो।
तोमरले भने, “अब हामी एक पहलवानका लागि तीन प्रशिक्षक कसरी पठाउन सक्छौं, त्यसैले हामी जगमन्दर सिंहलाई अमनका साथ पठाउँदैछौं। छ ग्रीको-रोमन पहलवान स्पेन पुगिसकेका छन् र दुई महिला पहलवान आइतवार गएका छन्।”







डिसी नेपाल







Facebook Comment