चीनले ताइवानलाई गाभ्ने प्रयासलाई तीव्र पार्यो
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानलाई पहिलेभन्दा धेरै छिटो गाभ्ने प्रयास गरिरहेको बताएका छन्।
चीनले अब यथास्थिति स्वीकार नगर्ने निर्णय गरेको उनले बताए ।
आइतवार बेइजिङमा कम्युनिष्ट पार्टीको कंग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले ताइवानलाई गाभ्नको लागि सेना प्रयोग गर्न सकिने कुरा दोहोर्याए।
चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ भने ताइवानले आफूलाई चीनबाट अलग ठान्छ।
गत महिना अमेरिकी राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकी सेनाले ताइवानको रक्षा गर्ने बताएका थिए।
स्ट्यानफोर्ड युनिभर्सिटीमा बोल्दै एन्टोनी ब्लिन्केनले भने कि यदि चीनले ताइवानलाई शान्तिपूर्ण रूपमा गाभ्न सक्दैन भने उसले बल प्रयोग गरेर, सैन्य प्रयोग गरेर गर्नेछ।
जसका कारण यथास्थिति प्रभावित भई तनाव सिर्जना भएको उनको भनाइ छ ।
एन्टोनी ब्लिन्केनले पनि चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानलाई सहयोग गर्ने बताए । यद्यपि अमेरिकाको आधिकारिक नीतिले ताइवानलाई सैन्य सहायताको कुरा गर्दैन किनभने अमेरिकाले एक चीन नीतिलाई समर्थन गर्दछ।







डिसी नेपाल







Facebook Comment