इन्टरपोलको बैठकमा पाकिस्तानलाई दाउद इब्राहिम र हाफिज सइदबारे सोधियो

डिसी नेपाल
१ कार्तिक २०७९ १७:२१
76
Shares

काठमाडौं । पाकिस्तानी प्रतिनिधिमण्डललाई दिल्लीमा चलिरहेको इन्टरपोल सम्मेलनमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम र लश्कर-ए-तैयबा प्रमुख हाफिज सइदको बारेमा प्रश्न गरिएको छ।

उनलाई एक पत्रकारले सोधेका थिए कि दाउद इब्राहिम र हाफिज सईद भारतमा मोस्ट वान्टेड छन्, के पाकिस्तानले उनीहरुलाई भारतलाई सुम्पिनेछ ?

यस प्रश्नको जवाफमा संघीय अनुसन्धान एजेन्सीका महानिर्देशक मोहसिन बटले केही भन्न मानेनन् । इन्टरपोलको सबैभन्दा महत्त्वपूर्ण भूमिका सबै सदस्य देशका प्रहरी निकायहरूलाई विश्वलाई सुरक्षित बनाउन मद्दत गर्नु हो।

आज दिल्लीको प्रगति मैदानमा इन्टरपोलको ९०औँ महासभा आयोजना हुँदैछ । यस महासभामा १९५ देशका प्रतिनिधि सहभागी छन् ।

यी प्रतिनिधिहरूमा सदस्य राष्ट्रका मन्त्रीहरू, प्रहरी प्रमुखहरू, केन्द्रीय ब्यूरो प्रमुखहरू र वरिष्ठ प्रहरी अधिकारीहरू समावेश छन्।

यो महासभा अक्टोबर १८ देखि २१ सम्म चल्नेछ । प्रधानमन्त्री मोदीले आज दिउँसो यो महासभालाई सम्बोधन गरे।

महासभा इन्टरपोलको सर्वोच्च प्रशासकीय निकाय हो र यसको सञ्चालन सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू लिन प्रत्येक वर्ष एक पटक बस्ने गर्दछ।

यो महासभा २५ वर्षपछि भारतमा आयोजना हुँदैछ । पछिल्लो पटक भारतमा सन् १९९७ मा आयोजना भएको थियो ।

केन्द्रीय गृहमन्त्री अमित शाह, इन्टरपोलका अध्यक्ष अहमद नासेर अल रायसी र यसका महासचिव जर्गेन स्टक पनि महासभामा उपस्थित हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *