२० सेकेन्डको भिडियोले महिलाको लाखौंको जागिर गयो !
काठमाडौं । एक २४ वर्षीया महिलाले २० सेकेण्डको भिडियोका कारण लाखौंको जागिर गुमाएको दाबी गरेकी छन् । उनी कम्पनीको साप्ताहिक अनलाइन बैठकमा सहभागी भईरहेकी थिइन् र अफिसबाट टाढै रहेर काम गरिरहेकी थिइन् । अनलाइन बैठकका क्रममा उनले कफी पोखिएको रमाइलो भिडियो बनाएकी थिइन् ।
मामला अमेरिकाको हो। युवतीको नाम मिशेल सेर्ना हो। मिशेलले भनिन् कि एक अनलाइन बैठक चलिरहेको थियो र उनी क्यामेराबाट बाहिर गइन्। किनभने उनलाई आफुसँग सम्बन्धित कुराहरू बैठकमा छलफल नभएको महसुस भएको थियो। टिकटक भिडियोमा बर्खास्त भएकोबारे बताउँदै मिशेलले भनिन्–मैले दिमाग प्रयोग गरिन । मैले क्यामेरा अफ गर्दा कम्पनीका प्रमुख उत्पादन अधिकृत बैठकमा कुरा गरिरहेका थिए ।
मिशेलले थप भनिन् कि भोलिपल्ट उनलाई एचआर र प्रमुख उत्पादन अधिकारीसँग बैठकको लागि बोलाइएको थियो। उनीहरूले भने– यो भिडियो हामीलाई कसैले पठाएको छ र घोर लापरवाही गरेको भन्दै हामी तपाईंलाई कम्पनीबाट तुरुन्तै बर्खास्त गर्दैछौँ ।
मिशेलले आफ्नो फनी भिडियोको पृष्ठभूमिमा बैठक चलिरहेको बताइन् । तर बैठकमा कम्पनीसँग सम्बन्धित कुनै पनि गोप्य कुरामा छलफल भएको थिएन । मिशेलले आफूलाई बर्खास्त गर्नुहुँदैन जस्तो लाग्छ। तर उनले आफ्नो गल्ती स्वीकार गरिसकेकी छिन् ।
कम्पनीबाट निकालिएपछि मिशेलले आफ्नै व्यवसाय सुरु गरिन् । उनले अनुभवी पेशेवरहरूलाई सफ्टवेयर बेच्छिन्। यसका लागि उनले टिकटकको सहयोग पनि लिन्छिन् । उनले यो व्यवसायको बृद्धिसँग सम्बन्धित भिडियोहरु सेयर गरिरहने दाबी गरेकी छिन् । महिलाले आफू मेडिकल उपकरण बनाउने कम्पनीमा काम गर्ने गरेको बताइन् । त्यहाँ उनको तलब लाखौं थियो।







डिसी नेपाल







Facebook Comment