केदारनाथ मन्दिरनजिक हेलिकप्टर दुर्घटनाका प्रत्यक्षदर्शीले के भने ? सबैको मृत्यु भएको थियो

डिसी नेपाल
२ कार्तिक २०७९ १०:४२
32
Shares

काठमाडौं । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित सातै जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, केदारनाथ हेलिप्याडमा तैनाथ सुरक्षाकर्मी मनोहर सिंहले भने कि हेलिकप्टर टेक अफ भएको पाँच देखि छ सेकेन्डमा हिमालयन मन्दिर नजिकै दुर्घटनाग्रस्त भयो।

बाक्लो हुस्सुको बीचमा आर्यन एभिएसन प्रालिको हेलिकप्टर पहाडमा ठोक्किएको उनले बताए । उडेको केही सेकेन्डमै हेलिकप्टर केदारनाथबाट करिब दुई किलोमिटर टाढा गरुडछट्टी नजिकै दुर्घटनाग्रस्त भयो।

उक्त क्षेत्रमा बाक्लो हुस्सुका कारण एकैपटक केही नदेखिए पनि दुर्घटनाको चर्को आवाज सुनेको दिशातर्फ सबै दौडेको मनोहर सिंहले बताए । कुहिरो हटिसकेपछि हेलिकप्टरमा आगोको ज्वाला देखियो र त्यसको अवशेष गरुडछट्टीको भिरालोमा छरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *