सिटिजन्स बैंकको साधारण सभा कात्तिक ४ मा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

डिसी नेपाल
२ कार्तिक २०७९ १०:५०
88
Shares

काठमाडौँ। सिटिजन्स बैंकको कात्तिक ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारण सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ। यसले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद लाभांश वितरणमा खर्च गर्नेछ। यस्तै, आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गरिसकेको छ। असोज २७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.