संसारभरबाट प्रशंशा पाएकी इरानी खेलाडी आफ्नो सरकारसँग डराएकी हुन् ? यस्तो बयान किन दिइन् ?

डिसी नेपाल
२ कार्तिक २०७९ १०:५०
24
Shares

काठमाडौं । इरानी महिला एथलीट एलनाज रेकाबीले हिजाब नलगाई एसियाली पर्वतारोहण प्रतियोगितामा भाग लिएको बारे इन्स्टाग्राम पोस्ट लेखेकी छिन् ।

उक्त पोस्टमा उनले प्रतियोगिताका क्रममा अनायासै आफ्नो हिजाब खसेको बताएकी छिन् । बीबीसी फारसीले सोमबार रिपोर्ट गरेको थियो कि उनका साथीहरूले उनीसँग सम्पर्क गर्न असमर्थ थिए।

इन्स्टाग्राममा उनले सबैलाई डिस्टर्ब गरेकोमा माफी मागेर घर जाँदै गरेको बताएकी छिन् । खराब समयका कारण टाउको छोपेको स्कार्फ खसेको उनले बताइन् । उनले निर्धारित समयतालिका अनुसार इरानको टोलीसँगै फर्कने बताएकी छन् ।

एलनाज एसियाली पर्वतारोहण प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन् । प्रतियोगिता अक्टोबर १६ मा भएको थियो ।

इरानमा हिजाबको विरोध गर्नेहरूले रेकाबीको धेरै भिडियो सेयर गरे जसमा उनी हिजाब नलगाई प्रतियोगिता खेलिरहेको देखिएकी थिइन्।

एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन् । खेलकुद प्रतियोगिताहरूमा पनि इरानी महिलाहरूले हिजाब लगाउनु अनिवार्य छ।

तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *