अमेरिकी पूर्व सांसदले किन बाइडेनलाई ‘हिटलर’ भनिन्
काठमाडौं । अमेरिकी पूर्व सांसद तुलसी गबार्डले डेमोक्र्याटिक पार्टी छोडेपछि राष्ट्रपति जो बाइडेनलाई एडल्फ हिटलरसँग तुलना गरेकी छन् । ४१ वर्षीय गबार्डले गत वर्ष हाउस अफ रिप्रिजेन्टेटिभबाट अवकाश लिएकी थिइन् ।
चुनावी प्रचारका क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् । म्यानचेस्टर बाहिर सहरको बोल्डक टाउन हल कार्यक्रममा तुलसी गबार्डले बाइडेन र हिटलर दुवैको मानसिकता एउटै भएको बताइन्।
उनका अनुसार दुबै नेताहरूले अधिनायकवादी व्यवहारलाई जायज ठहराउने प्रयास गर्छन्। गबार्डले बाइडेनलाई नाजी नेता हिटलरसँग तुलना गर्दै देश कसरी चलाउने भनेर दुवै जनाभन्दा राम्रोसँग कसैलाई थाहा नभएको बताइन् ।
बाइडेनले भर्खरै एक भाषणको क्रममा भनेका थिए कि जसले आफू र डेमोक्र्याटिक पार्टीलाई भोट दिएनन् र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरिरहेका छन्, ती अतिवादी हुन्।
तुलसी गबार्डले डेमोक्र्याटिक पार्टी युद्ध भड्काउन र जातीय विभेदको हावामा समेत लागेको आफुलाई विश्वास रहेको र त्यही कारणले आफू डेमोक्रेटिक पार्टीमा फिट नभएको बताइन् ।
सन् १९८१ मा अमेरिकी सामोआमा जन्मिएकी तुलसी गबार्डले अमेरिकामा सबैभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बनेर इतिहास रचेकी हुन् । त्यतिबेला उनी २१ वर्षकी थिइन् ।







डिसी नेपाल







Facebook Comment