सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल

डिसी नेपाल
२ कार्तिक २०७९ १५:०२
292
Shares

काठमाडौँ। संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन्। जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज)मा निधन भएको थियो।

जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए।

जोशीको जन्मपत्रिकामा निर्माण भएका योगहरुको विषयमा विश्वविद्यालय तथा विद्वान् ज्योतिषीहरुसँग बसेर संयुक्तरूपमा अध्ययन गरिने रिजालले बताए। यसले आगामी पुस्तालाई ग्रहहरुले पार्ने प्रभावका बारेमा कुण्डली फलादेश गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

संघीय सरकार तथा ललितपुर महानगरपालिका सँगको सहकार्यमा अध्ययनलाई अगाडि बढाउने योजना रहेको छ। विशिष्ट व्यक्तिहरुको जन्मकुण्डली अध्ययन गर्नेगरेका ज्योतिषी रिजालका अनुसार कति प्रकारका राजयोग तथा १०३ वर्षे आयूका बारेमा विशेष अध्ययन गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *