नेपाल इन्स्योरेन्सले बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !
काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँबराबरको नगद लाभांश खर्च गर्न लागेको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment