रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने
काठमाडौं । रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई सर्मथन गर्ने निर्णय गरेको छ । आज(बुधबार) बसेको गठबन्धनको बैठकले थापालाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ।
गठबन्धनले चार दलका प्रमुख नेताहरुको संयुक्त विज्ञप्तिमार्फत थापालाई समर्थन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।
यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेकाले निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च गएका उनको उम्मेदवारी रुपन्देही-२ बाट प्रतिनिधिसभाको लागि खारेज गर्ने निर्णय सर्वोच्च अदालतले गरेको थियो ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment