नेपालको संघीयताको डिजाइन संघीयता विरोधीहरुले गरेका हुन्ः राजेन्द्र श्रेष्ठ (भिडियो)

'एमालेसँग जसपाको चुनावी तालमेल मात्र'

डिसी नेपाल
१३ कार्तिक २०७९ ११:५२
48
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेपालको संघीयताको डिजाइन संघीयता विरोधीहरुले गरेको बताएका छन् ।

डिसी नेपालको द ब्रिज टक सो कार्यक्रममा कुराकानी गर्दै नेता श्रेष्ठले नेपालको संघीयता माटो सुहाउँदो नभएको टिप्पणी गरेका हुन् । सामान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी सम्हालीसकेका नेता श्रेष्ठले नेपालमा संघीयता आवश्यकता भएपनि हालको संघीयताको डिजाइन नमिलेको र यसलाई परिमार्जन गर्नुपर्ने बताए ।

देशभर ७६१ सरकार बनाएर मात्र संघीयताले काम नगर्ने उनको तर्क थियो । कतिपय बिकट जिल्लाहरुमा संघीयताले प्रशासनिक कामका लागि झनै जनताले दुख पाउनुपरेका उनले बताए । स्थानिय तहलाई ठुलो भुगोलमा समेट्दा जनताको निकट सत्ता नभएको उनको तर्क थियो ।

यस्तो भद्दा खालको संघीय संरचना खडा गरेर वितृष्णा बढाई संघीयता खारेज गर्ने सड्यन्त्र गर्ने संघीयता विरोधीहरुले संघीयताको डिजाइन गरेको उनको आरोप छ । उनले अब नेपालको माटोअनुसारको संघीयता अपनाउनुपर्ने बताए ।

चुनावी प्रशंगमा उनले आफूले जित्ने विश्वास व्यक्त गरे । उनी आफ्नै पूवै सहकर्मी मानुषी यामी र आफ्नै पार्टीसँग गठबन्धन गरेका पार्टी एमालेका नेता श्याम कुमार घिमिरेसँग काठमाडौं ७ मा प्रस्पिर्धा गर्दैछन् । उनले काठमाडौं महानगरपाकिाको स्थानिय निर्वाचनका उदाहरण दिँदै गठबन्धन हुँदैमा जितिहाल्ने वा पार्टी संगठन राम्रो हुँदैमा पनि जितिन्छ भन्ने नहुने बताए ।

आगामी निर्वाचनमा एमालेसँग जसपाले चुनावी तालमेल मात्र गरेको उनले स्पष्ट पारे । ‘एमालेसँग गठबन्धन होइन् १२ जिल्लामा तालमेल मात्र गरेका हौँ, हाम्रो साझा घोषणपत्र छैन यो केवल चुनाबी तालमेल मात्र हो ‘ उनले भने।

हेर्नुहोस पूरा भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.