नेपाली सेनाले भारतबाट २० लाख राउण्ड गोली खरिद गर्दै !

डिसी नेपाल
१३ कार्तिक २०७९ २१:०६
396
Shares

काठमाडौं । नेपाली सेनाले प्रयोग गर्ने गोली भारतीय कम्पनीले उपलब्ध गराउने भएको छ । सैनिक उच्च स्रोतका अनुसार सेनाले प्रयोग गर्ने असल्ट राइफलको गोली भारतीय कम्पनी उपलब्ध गराउन लागेको हो ।

स्रोतका अनुसार भारतको आन्द्रप्रदेशमा रहेको एक कम्पनीमा उत्पादित गोली नेपाली सेनालाई पठाउन लागेको छ । ५ दशमलव ५६ एमएमको गोली नेपाली सेनाले पाउनेछ । नेपाल सरकार भारत सरकारबीच भएको जी टु जी सम्झौता अनुसार सो गोली उपलब्ध हुन लागेको भएपनि नेपाली सेना र रक्षा मन्त्रालयले कुनै पनि धारणा सार्वजनिक गरेका छैनन ।

भारतले २० लाख राउण्ड गोली दिएसँगै आठ वर्षदेखि चीनले उपलब्ध गराउदै आएको गोलीमा कटौति भएको छ । ‘यसअघि सोही एमएमको गोली चीनले उपलब्ध गराउदै आएको थियो तर यसपटक भारतले २० लाख राउण्ड गोली पठाउदैछ, आठ वर्षदेखिको चिनिया एकाधिकार तोडिएको छ’, एक उच्च सैनिक अधिकृतले भने ।

नेपाली सेनाले प्रयोग गर्दै आएका अधिकांश हतियारहरु भारतसँग खरिद गर्ने गरेको भएपनि द्वन्दकालमा भारतसँग खरिद गरेको हतियार इन्सासले समयमै काम नगरेपछि ठूलो क्षति व्यहोर्नुपरेदेखि नेपाली सेनाले भारतसँग हतियार खरिद रोकेको थियो । ‘अनुदानमा आएको बाहेक हतियार खरिद कार्य रोकिएको थियो अहिले २० लाख थान गोली खरिद गर्न लागेको हो’, सेनाका ती उच्च अधिकारीले भने ।

नेपाली सेनाले चीनसँग खरिद गरेका गोली प्रयोग गर्दै आएकोमा यसपटक भारत सरकारसँग जीटुजी सम्झौता गरेर ती गोली ल्याउन लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.