सिंगो देश केपी ओलीको नेतृत्वको पर्खाइमा : पूर्व मन्त्री ढकाल

डिसी नेपाल
१४ कार्तिक २०७९ ६:४६
300
Shares

झापा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले नेकपा एमालेसँगको सहकार्य राष्ट्रिय आबस्यकता भएको बताएका छन्।

नेता ढकालले राष्ट्रियताको संरक्षण, संमृद्धिको अगुवाई, नेपालीको एकता र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको लागि केपी शर्मा ओलीको नेतृत्व अनिवार्य रहेको जिकिर गरे।

केपी शर्मा ओली उमेदवार रहेका झापाको निर्बाचन क्षेत्र नम्बर ५ को विभिन्न स्थानहरुमा आयोजित उम्मेदवारको मतदातासँग भेटघाट तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै ढकालले सत्ता गठबन्धनको निरन्तरताले मुलुकमा आर्थिक विकास र राष्ट्रियताको संरक्षण हुन नसक्ने तर्क गर्दै जनताको सर्बाधिक लोकप्रिय, भरोसायोग्य र असिमित इच्चाशाक्तिका खानी राष्ट्रबादी नेता केपी ओलीलाई मङ्सिर ४ पछि अधिकाम्स नेपालीले प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताए।

सुर्य चिन्हमा प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार समेत रहेका नेता ढकालले झापा जिल्ला निर्बाचन क्षेत्र नम्बर ५ का मतदाताको मतले निर्बाचित हुनुहुने सांसद केपी ओली भाबी प्रधानमन्त्री भएकोले यस क्षेत्रका मतदाताहरुलाई भाग्यमानीको संज्ञा दिए।

नेता ढकालले परिवार दलले ४०१ सदस्यीय निर्बाचन परिचालन समिति गठन गरेर देशको सबै प्रदेश र जिल्लामा सुर्य चिन्हमा मत माग्ने अभियान तिब्र बनाएको बताउँदै एमालेसँगको तालमेलमा रहेका अन्य दलका उम्मेदवारलाई पनि प्रत्यक्ष तर्फ सघाउने जानकारी दिए। नेता ढकाल दिनभरी सबै कार्यक्रममा नेकपा एमाले का अध्यक्ष केपी ओलीसँगै सहभागी भएका थिए।

अध्यक्ष ओलीले एमाले ले एक्लै बहुमत ल्याउने भएपनि तालमेलमा रहेका दलहरु परिवार दल, जसपा, राप्रपा लगाएतलाइ संगै लिएर सरकार संचालन गर्ने बताएका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका नेता ओली ले मङ्सिर ४ पछि पुन एमाले ले केन्द्र र सबै प्रदेशमा सरकार बनाउन कुनै शक्तिले रोक्न नसक्ने जिकिर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.