सिरहा–४ (क) मा स्वतन्त्र उम्मेदवार शक्तिकुमार वाइबाको चुनावी अभियान तिव्र

डिसी नेपाल
१७ कार्तिक २०७९ १४:१३
228
Shares

काठमाडौं। सिरहा क्षेत्र नम्बर ४ (क) मा स्वतन्त्र प्रगतिशील जन समूह नेपालबाट उम्मेदवारी दिएका शक्तिकुमार वाइबालेले चुनावी अभियानलाई तिव्रता दिएका छन्।

राजनीतिमा सेचत युवाहरुको सशक्त हस्तक्षेप हुनुपर्ने भन्दै उनले आफ्नो चुनावी अभियानलाई तिब्रता छन्। उनी कम्युनिष्ट नेता विष्णुलाल वाइबाका भतिजा हुन्। बि.एल. वाइबाले चिनिने विष्णुलाल ०४८ सालमै जनमोर्चाबाट सांसदमा निर्वाचित भएका थिए।

वि.एल. को हालै निधन भएको छ। अहिले उनको विरासतको भारी बोक्न उनकै भतिजा शक्ति कुमार वाइबा सक्रिय राजनीतिमा होमिएका छन्। जीवनको आखिरी कालमा वि.एल. माओवादी केन्द्रमा सक्रिय थिए। उनी पार्टीको पोलिटब्यूरो सदस्य थिए।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा शक्तिले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। उनी रिक्सा चुनाव चिन्ह लिएर प्रचारप्रसारमा छन्। विगतमा विकास आयोजनामा सफल नेतृत्व गरेका वाइबाले गरिव तथा विपन्नको जीवनमा व्यापक सुधार ल्याउनुपर्ने उनलको एजेण्डा छन् ।

उनले विकासमा समूदायको सहभागितालाई जोड दिँदै आएका छन्। दलगत राजनीतिको असफलता देखेका कारण उनी स्वतन्त्रबाट चुनावी मैदानमा छन्।

उनले वैज्ञानिक कृषिलाई बढावा दिने उल्लेख गरेका छन्। त्यस्तै, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउनुपर्ने उनको जोड छ।
वाइबाले युवा उद्यमशीलतालाई प्रवद्र्धन गरी स्थायी रोजगारीको व्यवस्था गर्नको लागि पनि आफूलाई जिताउनुपर्ने तर्क गर्ने गरेका छन्।

उनले आफूले सो क्षेत्रको विकास र समृद्धिमा लहर ल्याउने पनि वाचा गरेका छन्। किसानलाई कृषिजन्य वस्तुको उचित मुल्य दिलाउन पहल गर्ने, तरकारी वालीमा रहेको विचौलिया र दलालतन्त्रला अन्त्य गर्ने, निर्वाचन क्षेत्रभरि सौर्य सडक वक्तिको व्यवस्था गर्ने, कर्जन्हा र मिर्चैया नगरपालिकाको समस्या प्रदेशसभामा उठाउनेलगायतका उनले प्रतिबद्धता सार्वजनिक गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.