हरेक दिन सुन्तला खानुका यस्ता छन् फाइदा
काठमाडौँ। अहिले सुन्तला मौसम सुरु भएको छ। सुन्तलाको नाम लिने वित्तिकै तपाईको मुख रसाउँछ होला। जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ। साथै यसको सेवनले स्वास्थ्यलाई अत्याधिक फाइदा पनि पुर्याउने गर्दछ।
सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण हुन्छ। जाडो महिनामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले दिनहुँजसो रुघाखोकी लाग्ने गर्छ। सुन्तलाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र रोगहरूबाट बचाउँछ।
जाडोमा दैनिक सुन्तला खाँदा शरीरलाई धेरै फाइदा हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई बलियो बनाउँछ। घुलनशील फाइबरले लामो समयसम्म पेट भरिराख्छ जसले गर्दा तपाई धेरै खानेकुराबाट बच्न र तौल नियन्त्रण गर्न सक्नुहुन्छ। जसका कारण शरीरमा क्यालोरीको मात्रा कम रहन्छ।
सुन्तलाको सेवनले मृगौलामा पत्थरी हुने सम्भावना कम हुन्छ। पिसाबमा साइट्रेटको कमीले मिर्गौलामा पत्थरी हुन सक्छ। साइट्रेट एक साइट्रिक एसिड हो जुन सामान्यतया सुन्तला जस्ता फलहरूमा पाइन्छ। सानो पत्थरी भएका बिरामीहरूलाई सामान्यतया एक गिलास सुन्तलाको जुस पिउन सल्लाह दिइन्छ। यसले पिसाबमा सिट्रेटको स्तर बढाउँछ, जसले पत्थरी बन्ने सम्भावना कम गर्छ।
अमिलो फलहरू विशेष गरी सुन्तलाले स्ट्रोकको जोखिम कम गर्छ। सुन्तलामा पाइने फ्लेभोनोइड्सले मुटुको रोग लाग्नबाट रोक्छ भन्ने विश्वास गरिन्छ । यसको साथमा, तिनीहरूले रक्त कोशिकाहरूको कार्यमा पनि सुधार गर्दछ।
सुन्तला हाम्रो स्वास्थ्यको लागि मात्र होइन यसले हाम्रो छालालाई पनि राम्रो राख्छ । यसले छालामा आउने दाग, पोटो हटाएर छालालाई चम्किलो बनाउँछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment