हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र मन्दिर ‘आदिनाथ लोकेश्वर मन्दिर’
ललितपुर । ललितपुरको चोभारमा अवस्थित आदिनाथ लोकेश्वर मन्दिरमा बिहानपख दर्शनार्थीहरुको भिड देख्न सकिन्छ । आनन्ददी लोकेश्वर मन्दिर नेपालको काठमाण्डौ बाहिर चोबर गाउँमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र मन्दिर हो ।
काठमाडौंको दक्षिणी भेग चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिरमा पहिलोपटक पुग्ने जो–कोही पनि मन्दिरको स्वरूप र साजसज्जा देखेर तीनछक पर्छन्। मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुँडा किलाले ठोकेर अड्काइएको छ। जस्तो भात पकाउने कसौडी, थाल, लोटा, डाडु, पन्यु, पूजाको थाल आदि। यस्ता भाँडाकुँडा मन्दिरको आफ्नै वस्तु भने होइन।
भक्तजनले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुँडा मन्दिरमा ल्याएर ठोक्ने गर्दछन्। जो अहिले आएर मन्दिरको मौलिक परिचय जस्तै बनिसकेको छ। यसले गर्दा यो मन्दिर अनौठो मन्दिर बनेको छ। यो मन्दिर निकै ऐतिहासिक रहेको छ। कीर्तिपुर नगरपालिका–६ मा रहेको आदन्ददादी लोकेश्वरको क्षतिग्रस्त मन्दिर हालै पुनर्निर्माण सम्पन्न भएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment