राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकारः केपी ओली

डिसी नेपाल
२१ कार्तिक २०७९ २१:२६
112
Shares

वालिङ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन्। स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य बनाउन, देशको रक्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको सरकारबाट मात्रै सम्भव रहेकाले मङ्सिर ४ पछि एमालेको सरकार आवश्यक रहेको बताए । “देशको भविष्य उज्यालोतर्फ लैजाने कि अँध्यारोतर्फ भन्ने फैसला गर्ने दिन मङ्सिर ४ गते हो”, उनले भने, “देशलाई उज्यालोतर्फ लैजाने नै हो भने नेकपा एमालेलाई विजयी गराउन मतदातालाई अनुरोध छ ।”

चुनावीसभामा एमाले केन्द्रीय सचिव एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पद्माकुमारी अर्यालले मङ्सिर ४ को निर्वाचनले देशलाई कता लैजाने भन्ने छिनोफानो गर्ने दिन भएको बताए । एमाले सरकारमा हुँदा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढेकाले एमालेलाई जिताउनुपर्नेमा जोड दिए । स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासिनीले आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाबाट नेपाली जनताको भाग्य बदल्ने महायज्ञमा होमिएको बताए । उनले जनतालाई सुखी र समृद्धिका लागि पनि अब एमालेको सरकार आवश्यक रहेको बताए ।

क्षेत्र नं १ (१) का प्रदेश उम्मेदवार सीता सुन्दासले मङ्सिर ४ पछि केन्द्रीय सरकार र प्रदेश सरकार एमालेकै बन्ने दाबी गरे । गाउँगाउँमा जाँदा त्यहाँका जनताले नेकपा एमालेको एकल बहुमतको सरकार बन्नुपर्छ एमालेको सरकारको विकल्प नरहेको उनको भनाइ थियो । स्याङ्जा क्षेत्र नं १ (२) का उम्मेदवार सुधीरकुमार पौडेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले रहेको बताउँदै यस अभियानलाई पूरा गर्नका लागि फेरि एकपटक एमालेलाई केन्द्र र प्रदेशमा विजयी बनाउनुपर्नेमा जोड दिए ।

सभामा गण्डकी प्रदेशका लागि स्याङ्जा २ (१) का उम्मेदवार मोहनप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले तत्कालीन समयमा बनाएका योजना गठबन्धन सरकार आएसँगै कटौती गरेको आरोप लगाए। जनतालाई आर्थिक समृद्धिसँग जोड्न र मुहार परिवर्तन गर्नका लागि आफू लागिपरेको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेशका लागि स्याङ्जा क्षेत्र नं २ (२) का उम्मेदवार बुद्धिमान श्रेष्ठले कालीगण्डकी बेँसीका रुपमा सांस्कृतिक महत्व र सभ्यतासँग जोडिएको कालीगण्डकी नदीलाई डाईभर्सन गर्न नदिने बताए । स्वास्थ्य, खानेपानी, सडक, शिक्षामा सर्वसाधारणको पहुँच स्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.