माओवादीले रुखमा र कांग्रेसले हसियाँ हतौडामा नहिच्किचाइ भोट हालौंः रामचन्द्र पौडेल
लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन मुलुकको आवश्यकताका आधारमा गठन भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।
लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“माओवादीका कार्यकर्ताले रुख चिन्ह र कांग्रेसका कार्यकर्ताले हसियाँ हतौडा हाम्रै चिन्ह हो भनेर नहिच्किचाइ भोट हाल्नुपर्छ”, उनले भने ।
आफूहरुले ७० वर्ष लडेर ल्याएको राजनीतिक परिवर्तले दलित जनजाति, उत्पडित, महिलालगायतको अधिकार स्थापित भएको भन्दै पौडेलले गाउँगाउँमा सिंहदरबार आएको बताए ।
“अब देशले राजनीतिमा नयाँ प्रयोग देशले पटकपटक धान्न सक्दैन”, उनले, “जुन परिवर्तन ल्यायौँ यसलाई नै दिगो बनाउँदै मुलुकको विकास गर्नुपर्छ ।”
उनले रोजगारीको अभावमा विदेश जाने श्रमिक बढ्दा गाउँ रित्तो हुँदै गएको भन्दै अब गाउँमै रोजगारी सिर्जना गर्ने दाबी गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने जिकिर गरे ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment