परिजिता द भ्वाइस, अमेरिकाको टप १३ पुगिन्
वासिंगटन डिसी। अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसमा प्रतिष्पर्धा गरिरहेकी नेपाली चेली परिजिता बास्तोला टप १३ मा छनौट भएकी छिन्। सोमबार साँझ लेडी गागाको चर्चित गीत आई विल नेभर लभ एगेनलाई निकै हाउभाउसहित गाएर जजहरु तथा दर्शकहरुको मन जितेकी थिइन्।
उनले कति मत ल्याएर टप १३ मा पुगिन भन्ने खुलिनसके पनि उनले सर्वाधिकमध्येको भोट भएको बताइएको छ। संसारभर उनका लागि मत माग्ने अभियान नेपाली र नेपालीभाषी समुदायले स्वतस्फूर्तरुपमा चलाएको थियो।
उनको अर्को प्रतिष्पर्धा आउँदो सोमबार अमेरिकी पूर्वीय समयअनुसार साँझ ८ बजे हुनेछ। हरेक प्रस्तुतिपछि दर्शकहरुको भोट पाएमात्रै अर्को चरणमा प्रवेश गर्ने भएकाले अमेरिका र संसारभर भएका नेपाली र नेपालीभाषी समुदायले परिजितालाई आगामी चरणहरुमा पनि भोट गर्नुपर्ने भन्दै अभियान चलाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment