अब ट्राफिक प्रहरीसँगै महानगर प्रहरी पनि खटिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएका समय विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।
‘आज हामीले कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा हाम्रा जनशक्ति परिचालन गरेका छौँ,’ पाण्डे भने ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment