नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रोटोन ‘इ.मास ५’ को क्रेज: ३२ लाख ९९ हजार सुरुवाती मूल्य
काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले भर्खरै नेपाली बजारमा भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इ.मास ५’जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा विशेष आकर्षणको केन्द्र बनेको छ।
साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको एक्स्पोको हल ‘बी’ स्थित स्टल ‘एल-६’ मा यस गाडीको अवलोकन तथा बुकिङ गर्ने ग्राहक र अटो पारखीहरूको बाक्लो उपस्थिति रहेको छ। सार्वजनिक भएसँगै यस गाडीको अत्यधिक बुकिङ भइरहेको कम्पनीले जनाएको छ।
सेग्मेन्टमै पहिलो रियर-ह्विल-ड्राइभ प्लेटफर्म
आफ्नो सेग्मेन्टमै पहिलोपटक रियर-ह्विल-ड्राइभ (RWD) प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व र सहज नियन्त्रणको सुविधा रहेको छ। यी विशेषताले गर्दा व्यस्त सहरी सडक, राजमार्गका साथै नेपालका पहाडी सडकहरूमा समेत सुरक्षित र सहज यात्रा सुनिश्चित हुने विश्वास कम्पनीले लिएको छ।
तीनवटा स्मार्ट स्टोरेज र अत्याधुनिक प्रविधि
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको इ.मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध गराइएको छ। जसअन्तर्गत ७० लिटर क्षमताको अगाडिको (फ्रङ्क) स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटरको सिटमुनिको स्टोरेज र २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज रहेका छन्। यसले गाडीभित्रको ठाउँको प्रभावकारी उपयोग गर्न मद्दत पुर्याउँछ।
यस्तै, गाडीमा ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट, ४.९५ मिटरको टर्निङ रेडियस, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल-टु-लोड (V2L) प्रविधि राखिएको छ।
सुरक्षा र उत्कृष्ट पर्फर्मेन्स
सुरक्षाका लागि यस गाडीमा रियर मल्टि-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दुरिको क्षमता र जी-ट्र्याक्सन कन्ट्रोल सिस्टम (G-Traction Control System) जस्ता अत्याधुनिक प्रणालीहरू समेटिएका छन्।
यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ‘११-इन-१’ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र ३६०-डिग्री क्यामेरा जस्ता आधुनिक फिचरहरू उपलब्ध छन्।
भेरियन्ट र मूल्य
प्रोटोन इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ। कम्पनीले यसको अद्यावधिक बजार मूल्य ‘प्राइम’ भेरियन्टका लागि ३२ लाख ९९ हजार रुपैयाँ र ‘प्रिमियम’ भेरियन्टका लागि ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
नाइमा एक्स्पोको स्टल एल-६ मा पुगेर प्रोटोन इ.मास ५ को प्रत्यक्ष अनुभव लिन तथा गाडीबारे जानकारी लिन कम्पनीले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment