लालबकैया नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक अझै बेपत्ता
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो। उनीहरू मङ्गलबार दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए।
नदीमा डुबेकी अर्की बालिका रौशन खातुन भने अझै बेपत्ता छिन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो। हाल इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना नेपाल प्रहरी र १४ जना सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment