सुनको मूल्य तोलामा १२ सय र चाँदी ३५ रुपैयाँले घट्यो
काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै महासंघले बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment