नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रद्वारा वार्षिक देउसी-भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न

डिसी नेपाल
३० कार्तिक २०७९ ११:१५

मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)ले आफ्नो वार्षिक देउसी-भैलो कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनईसीसीले मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन र संरक्षण गर्नका लागि देउसी-भैलो कार्यक्रम आयोजना गरेको थियो ।

गत अक्टोबर २२ देखि नोभेम्बर ५ सम्म भएको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, अन्य प्रतिष्ठित व्यक्तित्वहरू, संस्थाहरू, अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।

 

एनईसीसीले उपाध्यक्ष पर्शु तिमल्सिनाको नेतृत्वमा देउसी-भैलो समन्वय टोली गठन गरेको हो । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन एनईसीसी कार्यकारी समितिका अध्यक्ष सरोज प्रजापति, बोर्ड अफ ट्रष्टीजका अध्यक्ष खिलेन्द्र न्यौपाने, सम्पत्ति प्रबन्धक प्रमोद केसी, संस्कृति निर्देशक टेक लामिछाने लगायत स्वयंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रयास तिमल्सिना, अर्जुन घिमिरे, नारायण खरेल, सुबोल रिजाल, रामचन्द्र भट्टराई, कमला थापा, राजश्री खड्का, राजु क्षेत्री, सुदिन अमात्य, कृष्ण प्रजापति, शान्ति न्यौपाने, सरला क्षेत्री, इभा खरेल, सुनिता अमात्य, विष्णु शीतल, सरस्वती शर्मा, मधु भण्डारी, यशोदा भण्डारी, रेहाना नेपाल, मगन श्रेष्ठ, नानी श्रेष्ठ, लक्ष्मी यादव, विष्णुकुमारी थापा लगायतका समर्पित देउसी-भैलो कलाकारहरूअहोरात्र खटेका थिए ।

 

देउसी-भैलो कार्यक्रममा ५० हजार डलर भन्दा धेरै रकम जम्मा भएको थियो । देउसी-भैलोमा उठेको रकम एनईसीसीको पशुपति-बुद्ध मन्दिर, जर्मनटाउनका लागि चलिरहेका आयोजनाहरूलाई निरन्तरता दिन निकै उपयोगी हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *