सागर ढकाल मौन अवधिमा ३ दिन निराहार व्रत बस्दै

डिसी नेपाल
२ मंसिर २०७९ ११:४६
520
Shares

काठमाडौं । डडेल्धुराका प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले तीन दिन निराहार व्रत बस्ने भएका छन्। प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकालले बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *