सुकेधारामा ट्रकको ठक्करबाट दम्पत्तिको ज्यान गयो

डिसी नेपाल
३ मंसिर २०७९ ९:४०
200
Shares

काठमाडौं। काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ। ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३-०२-००६४-९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा पर्साको ठोरी गाउँपालिका-७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *